गाम्चा फुटबल क्लब बुढानिलकण्ठ -१३ ले प्रथम खुल्ला फुटसल प्रतियोगिता गर्दै
कपन अनलाइन
काठमाडौं कात्तिक १५ ।बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित गाम्चा फुटबल क्लबको आयोजनामा प्रथम खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।शुभदिपावली नेपाल संवत छठ लगायतका पर्वहरुको अवसर पारेर खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा फुटसल प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका प्रतियोगिता आयोजना गरेको आयोजकले जानकारी गराएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित भद्रकाली फुटसल एण्ड रि-क्रियशन सेन्टर गाम्चामाकात्तिक १७ र १८ गते दुई दिन सम्म चल्ने सो प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु तीस हजार सहित ट्रफी मेडल र प्रमाणपत्रप्राप्त गर्नेछ भने उप बिजेताले नगद रु बीस हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यसैगरि उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेज पुरस्कार रहेको आयोजक क्लबका कोषाध्यक्ष संकल्प श्रेष्ठले जानकारी गराएका छन ।