रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १५।

रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी बाँके बैजनाथ गाउँपालिका-६ बस्ने ४२ वर्षीय नर बहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७७ असोज २ गतेको फैसलाले ५ वर्ष ५ महिना १४ दिन कैद तोकिएकोमा हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।