बुढानीलकण्ठ नगरपालिका वडा नं १२ स्तरीय ब्याडमिन्टन प्रतियोगितामा लक्ष्मीप्रसाद महर्जन विजयी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १४।

लक्ष्मीप्रसाद महर्जन बुढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार च्याम्पियन बनेका छन्।
कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको फाइनलमा लक्ष्मीले सविन तिवारीलाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरे । लक्ष्मीले ८ हजार तथा सविनले ४ हजार नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाण पत्र प्राप्त गरे ।
नागेश्वरी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा रामचन्द्र श्रेष्ठ र राजेश मल्ल ठकुरीको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले राजेन्द्र मगर र भरत थापाको जोडीलाई २–० को सीधा सेटमा हराए । ट्रफी, पदक तथा प्रमाण पत्रसहित विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाए ।
दीपक क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई मुख्य प्रायोजक बूढानीलकण्ठ नगरपालिका वडा १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई, प्रतियोगिता संयोजक समेत रहेका हिमाल ब्याडमिन्टन हलका सञ्चालक प्रजापति दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिंगल्समा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने डबल्समा १७ जोडी सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।