Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/10/IMG_8038-1024x643.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/10/IMG_8074-1024x567.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

समाचार सम्प्रेषण गर्दा गोपनीयताबारे विशेष ध्यान दिनुपर्नेमा जोड

कपन  अनलाइन

काठमाडौँ, कात्त्तिक ९ । प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी समाचार सम्प्रेसन गर्दा ऐन,कानुनमा भएका व्यवस्था र व्यक्तिगत गोपनीयताबारे पनि जानकारी राख्नुपर्ने बताईएको छ। वियोण्ड वेइजिङ कमिटीले सोमवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी कृष्णा पौडेलले सुरक्षित गर्भपतन सम्वन्धी अधिकारको वकालतमा सञ्चारको भूमिका’ विषयककार्यपत्र प्रस्तुत गर्दै समाचारमा छापिने शब्द, भाषाका कारण महिला र उनका परिवारीक जीवन समेत समाप्त हुने भएकोले व्यक्तिगत हक हनन नहोस् भन्ने तर्फ पनि सजग हुनुपर्ने बताएकी  थिइन्  ।

सुरक्षित गर्भपतन सम्वन्धी कानुन भएर पनि  बहुसंख्यक   महिलाले त्यसको लाभ नलिएको नाम परिवर्तन भन्दै बाँकी सबै तथ्य सञ्चारमाध्यममा सार्वजनिक हुँदा महिला र उनका परिवारको जीवनमा असर परिरहेको जानकारी गराएकी थिइन्  । कार्यक्रममा वियोण्ड बेइजिब कमिटीका अध्यक्ष सुशिला श्रेष्ठले स्वागत मन्तब्य राख्दै  कमिटीले उठाउने थुप्रै मुद्दामध्ये महिलाको शरीरमाथिको नियन्त्रण उनकै हुनुपर्छ भन्दै सि डिसाइड्स’भन्ने अभियान नै चलाइएको जानकारी गराइन।उनले महिलाको आफ्नो शरीरमाथिको नियन्त्रण उनको नभएर परिवार, पति, नातागोता वा नेपाली समाज भएर पनि गर्भपतनको अवस्थाको समस्यामा बढि परेको दावी गरिन ।समतामुलक समाज निर्माणको लागि महिला समानताको लागि नै महिलाले निर्णय लिनसक्ने क्षमता विकासमा कमिटीले जोड दिने बताएकी थिइन ।

त्यसैगरी जनस्वास्थ्य विद् डा. लक्ष्मी तामाङले  गर्भपतनलाई गर्भनिरोधकको रूपमा  लिने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने बताइन ।उनले अनिइच्छाएको, विकलांग , हाडनाता करणीलगायत आमाको स्वास्थ्यमा गम्भिरअसर हुने भएको अवस्थामा मात्र सुरक्षित गर्भपतनको सेवा लिन ऐनले निर्देश गर्छ, तर गर्भपतनलाई सामान्य मान्ने प्रवृत्ति र कतिपयको आम्दानीको राम्रो स्रोतको रूपमा यसलाई लिनुले  जनसंख्याको अनुपातमा गम्भिर असर पुग्ने बताइन ।

विकसित, विकासन्मुख तथा अविकसित राष्ट्रहरुमा जनचेतना जगाउने प्रमुख माध्यम नै मिडिया भएकाले त्यसमा मिडिया कर्मीहरुले सकरात्मक, खोजमुलक, सन्देशमुलक, जनचेतनामुलक समचार संप्रेशणमा जोड दिनुपर्ने बताएकि  थिइन् । कार्यक्रम संचालन वियोण्ड वेइजिङ कमिटीकि जेनी श्रेष्ठले गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।