१३८ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको तयारी

१३८ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको तयारी
कपन अनलाइन
काठमाण्डौ,कात्तिक ५।
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाण्डौ जिल्ला कमिटीले १३८ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ।
कार्तिक ६ गते हुने  नेतृत्व चयन र केन्द्रिय अध्यक्ष केपी ओलीले एक साथ उद्घाटन गर्ने  वडा अधिवेसनको तयारीका वारेमा जिल्ला कमिटीको आयोजनामा भएको बैठकमा सर्वसम्मत नेतृत्व चयन गर्ने वारेमा छलफल भएको हो।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको सो बैठकमा केन्द्रीय सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,सह इन्चार्जहरु रामेश्वर फुँयाल,नारायण सिलवाल र रुप नारायण श्रेष्ठको उपस्थितिमा भएको सो बैठकमा जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज , क्षेत्रीय कमिटीका संयोजक /सह संयोजक र नगर कमिटीका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
केहि समय अगाडी भएको नेपाली कांग्रेसका स्थानीय कमिटीहरुमा निर्वाचनका कारण देखिएको गुटगत अस्वस्थ प्रतिस्पर्धाले संगठनमा  अस्थिरता र अन्यौलता देखिएको तर्फ ध्यान दिनुपर्ने बताउदै अध्यक्ष राईले प्रजातान्त्रिक प्रक्रियाको उत्कृस्ट र पहिलो प्रक्रिया सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको बताएका छन।
नेकपा एमालेमा विवाद संगै चोइटिएको अवस्थामा सो घाउमा मलम लगाउनका लागि पनि संस्थापक महासचिव पुष्पलालको नेता र नेतृत्व भन्दा नीति प्रधान पार्टी स्थापना गर्ने विचारलाई आत्मसाथ गर्न आग्रह गर्दै अध्यक्ष राईले देशको राजधानीबाट एकताको सन्देस दिन आव्हान समेत गरेका छन्।
धुम्बाराहीमा रहेको एस आर क्याटरिङमा भएको सो बैठकमा कार्तिक ६ गते सनिवार हुने वडा अधिवेसनको प्रचार,व्यवस्थापन र नेतृत्व चयनका वारेमा छलफल भएको जानकारी दिदै अधिकांश वडामा नेतृत्व चयन सर्वसम्मत हुने अन्तिम चरणमा रहेको बताएका छन।
भोलि कार्तिक ६ गते १०.३० बजे वडाले तोकेको अधिवेसन स्थलमा उपस्थिति हुन् सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गर्दै सो बैठकले अधिवेसनको व्यापक तयारी गर्न मातहतका कमिटी र सदस्यहरुलाई निर्देशन समेत दिएको छ।
तपाइँको प्रतिक्रिया ।