नेकपा एमाले बुढानिलकण्ठ-९ मा आक्रामक सदस्यता वितरण गर्दै मजबुत बनाउने छौ : दिलिप थिङ्ग

नेकपा एमाले बुढानिलकण्ठ-९ मा आक्रामक सदस्यता वितरण गर्दै मजबुत बनाउने छौ : दिलिप थिङ्ग
कपन अनलाइन
काठमाण्डौ,कात्तिक ५।

नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष दिलिप थिङ्गले वडामा आक्रामक सदस्यता वितरण गर्दै मजबुत बनाउने बताएका छन।

कार्तिक ६ गते हुने वडा अधिवेसन पश्चात बन्ने नयाँ कमिटीले वडा नं ९ मा संगठन निर्माण र विकास निर्माणको क्षेत्रमा विशेष योजना बनाएर लागु गर्ने बताउदै अध्यक्ष थिङले जनसंगठन निर्माणलाई प्राथमिकतामा राख्ने योजना रहेको जानकारी दिएका छन।

उनले वडाका विभिन्न क्षेत्रमा टोल कमिटी गठन गर्दै आक्रामक सदस्यता विस्तारको योजना रहेको बताउदै  नेकपा एमालेले वडा नं ९ मा पार्टी विभाजनको समयमा बाटो बिराएकाहरुलाई समेट्ने विशेष योजना रहेको बताउदै आगामी स्थानीय निर्वाचनमा विजयी हुने गरी संगठन र गतिवधि गर्ने धारणा राखेका छन ।

उनले कार्तिक ६ गते ११ बजे लोयल्टी एकेडिमी, एकता बस्तीमा हुने वडा अधिवेसनमा सक्रियता पुर्वक सहभागी हुनका लागि अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।