भक्तपुरमा ८० लाख सहित एक जना पक्राउ

भक्तपुरमा ८० लाख सहित एक जना पक्राउ
कपन अनलाइन
सल्यान, कात्तिक ४।

भक्तपुर जिल्लामा प्रहरीले ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई ८० लाख रुपैंयाँसहित पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भएका मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैंयाँसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपियाँ फेला पारेको छ । उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।