मकवानपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असोज ३०।

मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।