गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर ४ को अध्यक्षमा कमल परियार

गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर ४ को अध्यक्षमा कमल परियार

कपन अनलाइन

काठमाडौं,असोज २३। गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको अध्यक्षमा कमल परियार सर्वसम्मत रुपमा निर्वाचित भएका छन। आज भएको क्लबको  २६ औ बार्षिक साधारण सभा बाट उनि आगामी दुइ बर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन । उनि संगै उपाध्यक्षमा कृष्ण प्रसाद  श्रेष्ठ, सचिबमा  श्याम कृष्ण श्रेष्ठ, सह सचिबमा  जयराज श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सदस्यहरूमा  कृष्णभक्त श्रेष्ठ,  सुदन श्रेष्ठ, ध्रुब प्रकास नापित,  के.बि श्रेष्ठ, हरिदास श्रेष्ठ,  समिर श्रेष्ठ,  देविका राजोपाध्याय र  गौरी श्रेष्ठलाई सर्बसम्मतरुपमा  निर्बाचित  भएका हुन ।

क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षता भएको २६ औ साधारण सभामा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा क्लबका सल्लाहकार, गोबिन्द बहादुरश्रेष्ठ, हरि कृष्ण श्रेष्ठ, राजकुमार श्रेष्ठ, ध्रुबकुमार श्रेष्ठ, विजय कर्माचार्य लगायत क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको  थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । भने कोषाध्यक्ष कृष्ण भक्त श्रेष्ठले आर्थिक प्रतिबेदन  प्रस्तुत गरेका थिए। क्लबका सचिब कृष्ण प्रसाद श्रेष्ठले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,   क्लबका सल्लाहकार, गोबिन्द बहादुर श्रेष्ठ, हरि कृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य सहित नवनिर्वाचित क्लबका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।