बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज २३।

प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा बिगत २  बर्ष देखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुष महिना देखी माघ सम्म संचालन हुने भएको छ ।
यहि असोज १५ गते प्रदेशका सामाजिक बिकास मन्त्री बिजय सुबेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरु आज एक समारोह बिच सार्वजनिक गरिएको हो ।
प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित रु २ करोड र थप रु ४ करोड ५४ लाख प्रदेश सरकार संग माग गरि जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ । स्थानिय, जिल्ला र प्रदेश गरि तीन चरणमा हुने उक्त प्रतियोगितामा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, कृकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समाबेश हुनेछन् ।
उक्त प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोट मार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी पठाउनु पर्नेछ भने प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि रु ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् । जिल्ला टिममा ब्यक्तिगत स्पर्धामा खेलिने खेलबाट बिजेता खेलाडीलाई खेलाइने छ भने समुह खेलमा बिजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टिम तयार गरि प्रदेशमा सहभागी गराइनेछ ।
आगामी फागुन देखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको लागी पनि नवौं राष्ट्रिय खेलकुद भन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको हो ।
प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् भने क्रीकेटको चाहिँ पुरुष टिमले मात्रै सहभागीता जनाउने छ ।
करिब एक महिना सम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्ला लाई समेट्ने गरि आयोजना गरिने कुरा परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले बताए ।
पर्यटकीय सिजनमा साहसिक तथा पर्यटकीय खेलकुद हुने प्रदेश खेलकुद बिकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंगसीरको दोश्रो हप्ता सम्ममा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको   छ ।
आगामी कार्तिक १३ गते  बिश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगीता आयोजना   गरिनेछ ।
परिषद्ले यसै बर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र सहिद स्मारक ए डिभिजन लिगमा लागत साझेदारी गर्न रु एक करोडको सम्झौता गरिसकेको छ ।
परिषद् बैठकले यो बर्षमा हुने अन्य कार्यक्रम हरुमा, राष्ट्रिय तथा अंतरराष्ट्रीय प्रतियोगितामा सहभागीता जनाउने, खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका ब्यक्ति तथा सस्थाहरुलाइ सम्मान गर्ने, अपाङ्गता भएका खेलाडी हरुको लागि प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने, जिल्ला खेलकुद बिकास समिती हरुलाइ रु ६ लाखका दरले कार्यालय संचालन खर्च र खेल सामग्रीहरु खरिद गर्नका लागि भुक्तानी दिने जस्ता केही महत्वपूर्ण निर्णय गरेको कुरा सदस्यसचिव भण्डारीले बताए ।

तपाइँको प्रतिक्रिया ।