हतियार उठाउने पासाङको चेतावनी

हतियार उठाउने पासाङको चेतावनी

काठमाडौं : एकीकृत माओवादीका नेता एवम् माओवादी सेनाका पूर्व कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ले जनताको अधिकार स्थापित गर्न आफुहरु हतियार उठाउन तयार रहेको चेतावनी दिएका छन् ।

 

सोमबार राजधानीमा आयोजित ‘माओवादी आन्दोलन पुनर्गठन’ अभियान घोषणा सभामा बोल्दै पासाङले भने, ‘लड्नका लागि हामीसँग विगतको अनुभव, क्षमता र योग्यता सबै छ, यसलाई कमजोर नठान्न आग्रह गर्दछु ।’ ‘लाठी उठाउनु हाम्रो नैसर्गिक अधिकार हो,’ उनले थपे, ‘लाठी बोक्दा माओवादीमाथि दमन भयो भने एलएमजी, इन्सास र एके–४७ उठ्ने छ ।’

DSC0679-1024x744
माओवादी धारका सबै शक्ति तितरबितर भएकाले माओवादी आन्दोलनका उपलब्धि धरापमा परेको भन्दै पासाङले सबै माओवादी एक हुनु पर्नेमा जोड दिए । पासाङले दोषजति अरूको टाउँकोमा थोपरेर आफू इमान्दार देखिने कोशिस कसैलाई नगर्न चेतावनी दिए । पासाङले भने ‘एकताका लागि सबै इमान्दार भएर लाग्नु पर्छ ।’

सबै माओवादी धारभित्र पार्टी एकता विरोधी रहेको जिकिर गर्दै पासाङले पार्टी एकताका लागि गाउँ तहदेखिका कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुको विकल्प नभएको बताए ।

 

तपाइँको प्रतिक्रिया ।