नेपाली कांग्रेस क्षेत्र नं ४ को सचिवमा महेन्द्र श्रेष्ठको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस क्षेत्र नं ४ को सचिवमा महेन्द्र श्रेष्ठको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज १८।

नेपाली कांग्रेस क्षेत्र नं ४ को सचिवमा महेन्द्र श्रेष्ठले  उम्मेदवारी घोषणा गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा असोज १५ गते  आयोजना गरिएको प्रतिनिधि भेलामा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ इकाई समितीका पुर्व सभापति श्रेष्ठ २०७४ शालको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार रहेका थिए। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनि विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय रहेका छन।

नगर अधिवेसन सम्पन्न भए संगै  श्रेष्ठ सहित नेता तथा कार्यकर्ताहरु आसन्न प्रदेस र प्रतिनिधि सभा क्षेत्रको अधिवेसनमा केन्द्रित बनेका छन।

तपाइँको प्रतिक्रिया ।