ओखलढुंगाका ८ स्थानीय तहमा को को बने नेपाली कांग्रेसका इकाई सभापति ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ११।

नेपाली ओखलढुंगा जिल्लाका  ८ वटै स्थानीय तहमा इकाई सभापति निर्वाचित भएका छन् । ओखलढुंगा जिल्लाको  खिजिदेम्बामा रामकुमार सुनुवार, लिखुमा कुमार सुवेदी र चम्पादेवीमा विष्णु पुलामी निर्वाचित भएका छन ।

यस्तै  सिद्धिचरण नगरपालिकामा प्रेमराज गुरुङ, चिशंखुगढी गाउँपालिकामा गोपालमान थापा र मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की विजयी भएका छन।

त्यसै गरी  मानेभञ्ज्याङ गाउँपालिकामा देव पुलामी र सुनकोसी गाउँपालिकामा विष्णु खड्का इकाई सभापतिमा  निर्वाचित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।