Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242445180_286724959946474_5748332861312951535_n-1024x766.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असोज १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । असोज ९ गते शनिबार काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चाबहिल स्तुपा परिसरमा बिहान ८ बजे देखि २ बजे सम्म कान्तिपुर अस्पताल रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा  आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन  गरेको उक्त रक्तदान कार्यक्रममा १८  जना रक्तदाताले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले जानकारी गराए।

छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत  कोरोना खोप र अन्य कारणले गर्दा १८ जनाले मात्र रक्तदान गरेको जानकारी गराउदै  चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले विषम  परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको जानकारी गराए ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमलाइ  कमल नायब  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुभकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समदर्शी उपभोक्ता सहकारी संस्था लिमिटेड को सहयोग रहेको  थियो  ।

तपाइँको प्रतिक्रिया ।