नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा श्याम कार्कीको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा श्याम कार्कीले  उम्मेदवारी घोषणा गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित बनेका कार्कीले क्षेत्रीय सचिवमा उठ्ने घोषणा गरेका हुन।नेपाली कांग्रेस वडा नं ९ इकाई समितिको पुर्व कोषाध्यक्ष रहेका कार्की नेपाल विद्यार्थी संघ काठमाण्डौ क्षेत्र नं ४ को पनि कोषाध्यक्ष हुन।

संदिप देउवा/गौरव कार्की स्मृति समाजका अध्यक्ष रहेका कार्की  गिरिजा प्रसाद कोईराला फाउण्डेशन काठमाडौं क्षेत्र नं.४(ख) का सदस्य समेत हुन।

तपाइँको प्रतिक्रिया ।