नेकपा एकीकृत (समाजवादी ) बुढानिलकण्ठको अध्यक्षमा हरिराम ढुंगाना र सचिवमा प्रमोद ढकाल

नेकपा एकीकृत (समाजवादी ) बुढानिलकण्ठको अध्यक्षमा हरिराम ढुंगाना र सचिवमा प्रमोद ढकाल

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

नेकपा एकीकृत (समाजवादी ) बुढानिलकण्ठको अध्यक्षमा हरिराम ढुंगाना र सचिवमा प्रमोद ढकालले जिम्मेवारी पाएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन भिलेज रिसोर्टमा भएको गोप्य भेलाले ढुंगाना अध्यक्ष र ढकाल सचिव रहने गरी नगर कमिटी गठनको तयारी थाल्ने निर्णय गरेको हो।

नेकपा एसका काठमाण्डौ जिल्ला सचिव तथा बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,नेतृ सिता ओझा ,क्षेत्रीय संयोजक धुर्वराज न्यौपाने, बुद्दिजीवी कुमार ओझा  लगायतको उपस्थितिमा भएको सो भेलाले अध्यक्ष र सचिव तोक्दै चाडै नगर भेला आयोजना गर्ने निर्णय गरेको थियो।

नेकपा एसको नगर कमिटी अध्यक्ष चयन भएका ढुंगानाले  साविक कपन गाउँकमिटीको सचिवका रुपमा जिम्मेवारी बहन गर्दै विभिन्न सामाजिक र शैक्षिक संस्थामा योगदान पुर्याएका छन।

त्यस्तै नगर कमिटीको सचिवमा चयन भएका ढकाल लामो समय देखि नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय रहदै विद्यार्थी आन्दोलनमा पनि योगदान पुर्याएका अगुवा कार्यकर्ता हुन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी पेशाले अधिवक्ता ढकाल साविक महांकाल गाविसको वडा नागरिक मंचका संयोजक र नया कोलोनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत हुन।

 

तपाइँको प्रतिक्रिया ।