नेकपा एमाले चम्पादेवी-काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा मोहन घिमिरे

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

नेकपा एमाले चम्पादेवी-काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा मोहन घिमिरे चयन भएका छन। काठमाण्डौ महानगरपालिका वडा नम ७ मा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो।

नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य शंकर बहादुर कार्की , प्रदेस नं १ का पुर्व मन्त्रि अम्बिर बाबु गुरुङ ,सम्पर्क समन्वय कमिटीका सदस्य केदारराज पुडासैनी,नेकपा एमाले चम्पादेवीका अध्यक्ष खेम मिश्र लगायतको उपस्थितिमा भएको भेलाले कमिटीको उपाध्यक्षमा पेशल लुइँटेल चयन भएका छन भने सचिवमा विष्णु बुढाथोकी चयन भएका छन।

चम्पादेवी गाउँपालिका बाट काठमाण्डौ आएर बसोवास गरेका करिव २०० जनाको उपस्थितिमा गोपाल तामाङ्गको अध्यक्षतामा  भएको भेलाले कमिटीको कोषाध्यक्षमा नारायण प्रसाद ढुंगेल र सह सचिवमा कृष्ण मिश्र चयन गरेको छ।

तपाइँको प्रतिक्रिया ।