ओखलढुंगाका तीन स्थानीय तहमा नेपाली कांग्रेसका सभापति सर्वसम्मत,तिनमा चुनाव हुदै
कपन अनलाइन
काठमाण्डौ ,असोज ९।
नेपाली कांग्रेसको पालिका तहको अधिवेशनमा ओखलढुंगा जिल्लाका तीन तहमा सर्वसम्मत सभापति चयन भएका छन् । खिजीदेम्वा, लिखु र चम्पादेवीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । खिजीदेम्वामा राम सुनुवार सहमतिमा सभापति भएका छन् भने लिखुमा कुमार सुवेदी र चम्पादेवीमा विष्णु पुलामी चयन भएका छन् ।
त्यस्तै सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढीमा मतदान शुरु भएको छ । माेलुङमा गाेपी कार्की महेन्द्र कार्कीकाे प्यानल प्रतिस्पर्धामा छन् भने चिशंखुगढीमा गोपालमान थापा र काजीमान राई चुतथा सिद्धिचरणमा प्रेम गुरुङ र निबन्द श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।
तपाइँको प्रतिक्रिया ।