मदन भण्डारी फाउन्डेसन काठमाण्डौले आगामी मंगसिर भित्र १२ वटा अधिवेसन सम्पन्न गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

मदन भण्डारी फाउन्डेसन काठमाण्डौले आगामी मंगसिर भित्र १२ वटा अधिवेसन सम्पन्न गर्ने भएको छ। आज भएको मदन भण्डारी फाउन्डेसन काठमाण्डौको जिल्ला कमिटी बैठकले जिल्लाका १ महानगरपालिका र १०  वटा नगरपालिका र जिल्ला अधिवेसन  मंगसिर भित्र अधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो।

त्यस्तै जनताको बहुदलीय जनवादका विविध शैदान्तिक पक्षहरुका वारेमा सघन छलफल र बहस चलाउनका लागि जिल्लामा १२ “जबज कक्षा” संचालन गर्ने निर्णय गरेको बैठकले सबै पालिकामा स्वास्थ्य सिविर आयोजना गर्ने निर्णय गरेको छ।

अहिले विभिन्न पालिकाहरुमा संचालन भैरहेको रक्तदान कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरेको बैठकले अधिवेसन सम्मको अवधिमा विविध रचनात्मक कार्यक्रम गर्ने जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।