नेपाली कांग्रेस बुढानिलकण्ठ नगर सचिवमा बिजेन्द्र श्रेष्ठको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर सचिवमा बिजेन्द्र श्रेष्ठको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

नेपाली कांग्रेस बुढानिलकण्ठको नगर सचिवमा बिजेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नवनिर्वाचित इकाई समिति र प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा श्रेष्ठले भोलि हुने नगर अधिवेसनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन।

नेपाल विद्यार्थी संघ जिल्ला सदस्य र साबिक चुनिखेल गाविसको ईकाई सचिव भएर काम गरिसकेका श्रेष्ठ  हाल कम्युनिटी केयर नेपालको अध्यक्ष र गिरिजा प्रसाद कोईराला फाउण्डेशन काठमाण्डौ क्षेत्र नं. ४ (ख) को संयोजकका रुपमा सक्रिय रहेका छन।

कोरोना कहरको बेलामा जनचेतना मुलक कार्यक्रमहरु संचालन, राहत बितरण, स्वास्थ्य सामाग्रीहरु बितरण लगायतका सामाजिक र परोपकारी कार्यमा सक्रिय रहेका श्रेष्ठले युवाहरुको नेतृत्व गर्दै आफु भन्दा अग्रजहरुको सल्लाह सुझाव र युवाहरुको  जोश जाँगरलाई समेट्दै  बुढानीलकण्ठ नगरपालिकामा नँया ढंगले संगठन सुदृढीकरणका माध्यमबाट सबै तहका निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने प्रणका साथ् आफुले उम्मेदवारी घोषणा गरेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।