Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/IMG_20210923_141611-1-e1632397873384.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कपन मिलनचोकमा बालक बेपत्ता प्रकरण :नेपाली कांग्रेस बुनापा १० र १२ ले ज्ञापनपत्र बुझाए

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

असोज ५ गते बेलुका करिव ८ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा १२  र काठमाण्डौ महानगरपालिका वडा नं ६ को सिमानामा रहेको ढलमा डुवेर बेपत्ता भएका बालक हालसम्म पनि फेला परेका छैनन।

नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखा बाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएका १३ जना प्रहरीले हिजो बेलुका र आज दिनभर खोजी गर्दा पनि उनलाई भेट्न सकेको छैन।

सो स्थानमा भएको अपूर्ण निर्माणका कारण बनेको खाल्डोमा खसेका बालकको खोजी र आवस्यक सावधानी अपनाउनुपर्ने भन्दै नेपाली कांग्रेस वडा नं १० का अध्यक्ष नारद मणि घिमिरे र वडा नं १२ का सभापति सुनीत चलिसे सहित नेता तथा कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो।

सो घटना स्थलमा भएको निर्माणमा सम्बन्धित निकायको ध्यान नपुग्दा गम्भीर घटना भएको भन्दै नेपाली कांग्रेसले पिडित परिवारलाई क्षेतिपूर्तिको माग समेत गरेको छ।

तपाइँको प्रतिक्रिया ।