Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/241430134_276042437670583_2952139601364040872_n-e1632020263938.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गाँजा फडानी अभियानमा महानगरीय प्रहरी वृत्त बौद्ध

कपन अनलाइन

काठमाडौँ, असोज ३ । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल ओख्रेनी आसपासका क्षेत्रमा स्वतः उम्रेर झाँगिएको गाँजा फडानी गरिएको छ । शनिबार  महानगरीय प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक  ढुण्डीराज न्यौपानेको नेतृत्वमा खटिएको प्रहरीको टोलि र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले गोकर्णेश्वर नगरपालिका वडा नं १  ओख्रेनी आसपासका  क्षेत्रमा प्राकृतिक रुपमा स्वतः उम्रेर झाँगिएको गाँजा बोटहरु फडानी गरिएको हो ।

सो कार्यक्रममा  महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरे सहित  प्रहरी जवानहरु, भगवती युवा क्लबका प्रतिनिधि , स्थानीय जनता गरि करिव ५० जनाको सहभागितामा करिब३५,हजार  भन्दा वढी प्रकृतिक रुपमा स्वतः उम्रेर झाँगिएको  गाँजाका वोटहरू फडानी गरी नष्ट गरिएको थियो भने  सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  लागुऔषध सम्वन्धि जानकारी गराउदै  लागुऔषध वाट टाढा रहन स्थानियवासीलाई अपिल गरिएको थियो ।

उनीहरुले  उक्त  गाँजा मुक्त वनाएर पर्यटकीय गाऊको रुपमा विकास गर्न सके समाजमा सामाजिक तथा आर्थिक विकास गर्न सकिने र समाज पुर्णरुपमा सुरक्षित हुने कुरामा जोड दिदै आगामी दिनहरूमा गाउलाई गाँजा मुक्त वनाउन जनता र प्रहरी संग संगै साझेदारी कार्यक्रम मार्फत जानु पर्ने बताएका थिए  । महानगरिय  प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरेले  समाजलाई अपराध मुक्त र सुरक्षित वनाउनको लागि स्थानिय को  पुर्ण साथ  आवश्यक  रहेको बताएका छन् प्रहरीले दुर्व्यसनि न्यूनीकरण गर्न जनसमुदायलाई लागु औषधको बारेमा  जनचेतना जगाउनुको  साथै गाँजाका खेतिलाई रोक लगाउने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।