नेपाल खेलकुद महासंघ सिन्धुलीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल खेलकुद महासंघ सिन्धुलीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

नेपाल खेलकुद महासंघ सिन्धुलीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सिन्धुली सदरमुकाममा शनिबार सम्पन्न भेलाले गोकर्ण भुजेलको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
नेपाल खेलकुद  महासंघ केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि  रमेशकुमार पौडेल राजनीति र खेलकुदलाई जोड्दै समग्र खेलकुद क्षेत्रको विकास र विस्तारका लागि महासंघ कृयाशिल रहेको बताएका थिए। त्यस्तै उनले  नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको दैनिक भत्ता ५ हजार बनाउनुपर्ने कुरामा समेत जोड दिएका थिए ।
त्यस्तै महासं का  महासचिव मेघराज पौडेलले  खेलकुदको अन्तर्राष्ट्रिय आयाम, खेलकुदको व्यवसायीक र महासंघको भावी योजनाका सन्दर्भमा जानकारी गराएका थिए भने सचिव उमेश केसीले  सिन्धुलीमा पर्यटकीय खेलकुदको प्रवर्धन  र  महिला सशक्तीकरणको एउटा साध्यको रुपमा आत्मरक्षाका तालीमको नेतृत्व महासंघले गर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा  उमादेवि कोईराला,पार्टी केन्द्रिय सदस्य कपिल न्यौपाने,नेकोस सचीव मुनाल घिषिङ, नेकोस सचिव सिताराम कार्की, नेकोस बागमती संयोजक महेन्द्रदेव श्रेष्ठ, एमाले सिन्धुली सहसचिव लगायत अतिथि रहेका थिए ।
सो अवसरमा  नेकोस सिन्धुलीका पुर्व अध्यक्ष एवं पुर्व राष्ट्रिय भलिबल खेलाडी लेखबहादुर थापा र जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष राजन भुजेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त अवसरमा प्रदेश संयोजक सिताराम कार्कीले जिल्ला कमिटी घोषणा गरेका थिए भने अध्येक्षा  रमेशकुमार पौडेलले सपथ खुवाएका थिए ।
तपाइँको प्रतिक्रिया ।