बुढानिलकण्ठ सहकारी नगर समन्वय समिति गठन

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

बुढानिलकण्ठ बहुउदेस्यीय  सहकारी नगर समन्वय समिति गठन गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को माता नवदुर्गा बहुउदेस्यीय सहकारी संस्थामा आयोजना गरिएको भेलाले नगर समन्वय समिति गठन गरेको हो।

काठमाण्डौ जिल्ला  बहुउदेस्यीय  सहकारी संस्थाका संस्थापक अध्यक्ष तुलसी सापकोटा र जिल्ला उपाध्यक्ष लक्ष्मी संग्रौलाको उपस्थितिमा भएको भेलाले पुस्कर चालिसेको संयोजक रहेको   ११ सदस्यीय समिति चयन गरेको हो।

सो भेलाले  सहसंयोजकमा  बिश्व कुमार पोख्रेल,सचिवमा बिश्व चन्द्र अधिकारी  कोषाध्यक्षमा अनुजा श्रेष्ठ र  सदस्यहरुमा  गिता मिश्र पुडासैनी,बलराम ढुंगेल र गौराज मगरलाई चयन गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका बहुउदेस्यीय सहकारी संस्थाहरुका पेशागत सुरक्षा र व्यवसायिक विकासका लागि समिति गठन गरिएको जानकारी दिदै उपाध्यक्ष लक्ष्मी संग्रौलाले समितिमा ४ जना सदस्य पछी थपिने बताएका छन।

तपाइँको प्रतिक्रिया ।