कागेश्वरी मनोहरा नगरपालिकामा नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली EBPS सम्बन्धी तालिम सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकामा नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली EBPS सम्बन्धी तालिम सम्पन्न

 कपन अनलाइन

काठमाडौं ,असोज २।  कागेश्वरी मनोहरा नगरपालिकामा नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली EBPS सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिमलाइ संबोधन गर्दै नगर प्रमुख थापाले नक्सा पास र भवन निर्माण कार्यलाई व्यवस्थित बनाउने कार्य नगरपालिकाले गरिरहेको बताउदै नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली EBPS सम्बन्धी तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न तालिमका सहभागीहरुलाई आग्रह गरेका थिए ।

शहरीकरणलाई व्यवस्थित बनाउनका लागि पूर्वी काठमाडौं शहरी विकास आयोजना मार्फत कार्य भइरहेको बताउदै नगर प्रमुख थापाले भवन निर्माण कार्यलाई व्यवस्थित बनाउनका लागि प्राविधिकहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नगरबासीहरुलाई असहज नहुने गरी प्राविधिकहरुले सहज र सरल रुपले सेवा प्रदान गर्नुपर्ने बताएका थिए ।कार्यक्रममा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले नगरपालिकाले विद्युतिय माध्यमबाट नक्सा पास गर्ने कार्य गर्न लागेको र यसबाट नगरबासीहरुलाई सेवा लिन सहज हुने बताउदै नगरपालिकाले भवन निर्माण कार्यलाई व्यवस्थित गर्ने, लक्षित बर्गका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यानवयन गर्ने, विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउने लगायतका कार्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको जानकारी गराएकी थिइन ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका भवन निर्माण शाखाका प्रमुख ईन्जिनियर उमेश जंग थापाले नगरबासीहरुलाई घरबाटै नक्सा पासको लागि आवेदन दिन सकिने र नक्सा पास कार्यलाई सहज र सरल बनाउने गरी कार्य भैरहेको बताउदै यसका लागि नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली EBPS सम्बन्धी तालिमले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रशासन शाखाका प्रमुख सीता अधिकारी लगायत नगरपालिकाका ईन्जिनियर तथा प्राविधिक कर्मचारीहरु र नगरपालिकामा परापर्श सेवा प्रदान गर्ने प्राविधिकहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।