तारकेश्वर नगरपालिका–७, फुटुङमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय लामाको मृत्यु
कपन अनलाइन
काठमाडौं, भदौ ३१।
तारकेश्वर नगरपालिका–७, फुटुङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
बा३५प ५२५० नम्बरको मोटरसाइकल हिजो साँझ करिब साढे ६ बजे बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका तारकेश्वर नगरपालिका–८, गैरीगाउँका ३० वर्षीय सुरेश लामाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
तपाइँको प्रतिक्रिया ।