कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष/महिला बास्केटबलमा वडा नं १० बिजयी

कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष/महिला बास्केटबलमा वडा नं १० बिजयी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

वडा नं  १० ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष/महिला बास्केटबल प्रतियोगिताको महिलामा जित हात पारेको छ ।
कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा वडा १० ले वडा २ लाई ४७–२३ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रेडिका महर्जनले १७ अंक जोडिन् ।
कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा वडा ३ र वडा १० ‘ए’ ले सफलता पाए ।
वडा ३ ले वडा ६ लाई ५६–३३ ले हरायो । वडा ३ को जितमा अनिल शाहीले २० अंक योगदान गरे । निश्चल महर्जनको २८ अंक सहयोगमा वडा १० ‘ए’ ले वडा २ लाई ५१–४३ ले हराए ।

तपाइँको प्रतिक्रिया ।