निकोनले ल्यायो टच स्क्रिन भएको एसएलआर क्यामेरा

निकोनले ल्यायो टच स्क्रिन भएको एसएलआर क्यामेरा

विद्युतिय सामाग्री निर्माता कम्पनी निकोनले टच स्क्रिन भएको डिजिटल सिंगल लेन्स रिफ्लेक्स (डिएसएलआर) क्यामेरा बजारमा ल्याएको छ । डि ५५०० टच स्क्रिन भएको निकोनको पहिलो डिएसएलआर क्यामेरा हो ।

phpigsx3r

यसअघि क्याननले सन् २०१२ मा इओएस रिवेल टि ४ आइ टच स्क्रिन भएको पहिलो डिएसएलआर क्यामरा सार्वजनिक गरेको थियो । क्यामेराको बजारमा क्याननसँग प्रस्तिपर्धा गर्न निकोनले टच स्क्रिन भएको क्यामेरा बजारमा ल्याएको हो ।

यो क्यामेरा चलाउन स्मार्ट फोन चलाएजस्तै सजिलो रहेको विज्ञले बताएका छन् । डि ५५०० मा २४ दशमलव २ मेगापिक्सल एपिएस–सी इमेज सेन्सर, फोर इमेज प्रोशेसर रहेको छ । निकोनले यसअघिको आफ्नो क्यामेरा डि ५३०० को परिस्कृत स्वरुपको रुपमा डि ५५०० बजारमा ल्याएको हो ।

तर यसको मूल्य भने डि ५३०० को भन्दा केही सस्तो छ । यसको बजार मूल्य आठ सय अमेरिकी डलरबाट सुरु हुन्छ । जुन निकोन डि ५३०० भन्दा एक सय डलर कम हो । – एजेन्सीको सहयोगमा

तपाइँको प्रतिक्रिया ।