बुढानिलकण्ठ-१३ को बालुवा प्रसोधन केन्द्रका वारेमा भाद्र ३० गते सार्वजनिक सुनुवाई हुने

बुढानिलकण्ठ-१३ को बालुवा प्रसोधन केन्द्रका वारेमा भाद्र ३० गते सार्वजनिक सुनुवाई हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

बुढानीलकण्ठ नगरपालीका वडा नं १३ चुनिखेलमा ‘चुनिखेल भद्रकाली बालुवा प्रशोधन केन्द्र’ संचालन सम्बन्धमा विपद व्यवस्थापन शाखाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागेको छ ।

चुनिखेल भद्रकाली बालुवा प्रशोधन केन्द्रले नगरपालिका सँग स्वीकृती माग गरेको हुँदा सो क्षेत्रमा बालुवा प्रशोधन केन्द्र संचालन गर्दा केही प्रभाव पर्ने वा गुनासो रहेमा नगरपालिकाको वातावरण शाखा, राजस्व शाखा अथवा १३ नं वडा कार्यालयमा भाद्र २९ गते सम्म आफ्नो गुनासो पेश गर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

सोहि विषय सम्बन्धी भाद्र ३० गते विहान ७ः३० बजे देखि वडा नं १३ कार्यालय भवन अगाडि आयोजना हुन लागेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई राय, सल्लाह, सुझाब उपलब्ध गराईदिनुहुन वातावरण तथा विपद व्यवस्थापन शाखाले आव्हान गरेको छ ।

तपाइँको प्रतिक्रिया ।