राष्ट्रिय शहिद तथा शान्ति पार्क जगडोलमा पूर्व प्र.म टङ्कप्रसाद आचार्य र पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाको शालिक शिलान्यास
कपन अनलाइन
काठमाडौं भाद्र २४ ।नेपाल सरकार का मुख्य सचिब शंकरदास बैरागि ज्यु काे प्रमुख अतिथि निजामति सेवा दिवस २०७८को अबसर मा राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामति (स्मारक)यज्ञडोल(जगडोल)सामुदायिक बनमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिएका उनीहरुको शालिक बन्न लागेको हो । सो ऐन विसं २०१३ भदौ २२ गते जारी भएको थियो ।
मुख्यसचिव शङ्करदास वैरागीले गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित यज्ञडोल सामुदायिक वनमा निर्माणधीन निजामती स्मारक क्षेत्रमा बुधबार आयोजित कार्यक्रममा शिलान्यास गरेका हुन् । अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिएका छन् ।
सो अवसरमा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिए । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) निर्माणको कार्ययोजना स्वीकृतिको बेलामै मन्त्रिपरिषद्ले कर्मचारीले पदभार ग्रहण गर्नुअघि स्मारकमा माल्यार्पण गर्ने व्यवस्था अर्को वर्षदेखि कार्यान्वयनमा ल्याइने समेत जानकारी गराएका थिए ।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताए । वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण जगडोल सामुदायिक वनले प्रस्तुत गरेको जानकारी दिए ।
कार्यक्रममा पूर्व मुख्यसचिव थापाका आफन्त डा पार्थिवेश्वर तिमल्सिना, समितिका अध्यक्ष सिग्देल लगायत वक्ताले निजामती इतिहासमा महत्वपूर्ण काम गर्नुभएका दुई व्यक्तित्वको शालिक निर्माणले भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गताये । चालु आर्थिक वर्षमै शालिक निर्माण सम्पन्न गरी अर्को वर्षदेखि निजामती सेवा दिवसको मूल कार्यक्रम स्मारक स्थलमै गर्ने लक्ष्य राखिएको समेत जानकारी गराइएको थियो ।सो अवसरमा स्मारक निर्माणस्थलमा धुपी, कपुर, अमला लगायत जातका ५० बिरुवा पनि रोपिएको थियो । कार्यक्रममा पूर्वमुख्यसचिव थापाले ९० वर्षअघि लेख्नुभएको पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरिइएको थियो । विद्यालय तहका विद्यार्थीलाई रामायणका मुख्य कुरा बुझ्न सजिलो होस् भनी थापाले यो पुस्तक रचना गरेको उनको नातिनी विद्या भण्डारीले जानकारी गराइन ।
निर्माणाधीन राष्ट्रिय शहीद स्मारकसँगै निजामती स्मारक असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी गराएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल शहरी विकास मन्त्रालयमार्फत् सञ्चालनमा छ । शहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भएपनि काममा प्रगति हुन सकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो रहेको छ ।
विभागबाट आयोजना प्रमुखका रुपमा काम गरिरहेका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जन अब पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने गरी तयारी भइसकेको जानकारी गराएका छन् । चालु आर्थिक वर्षभित्रमा अलपत्र रहेका आयोजनाका सबै काम सम्पन्न गरी स्मारक सञ्चालन हुने उनको भनाइ छ ।
फोटो : राजकुमार केसी