कालोपत्रे भएको तिन महिना नबित्दै भत्कियो चुनिखेलको सडक
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २४।
कालोपत्रे भएको तिन महिना नबित्दै चुनिखेलको सडक भत्किएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को टुपेक उकालोमा रहेको सडकमा खाल्डो देखिएको हो।
सो सडकमा रहेको खाल्डोको तस्विर राख्दै स्थानीय रामलाल श्रेष्ठले यसरि जनताको पैसामा भएको कमसल कामको दोषी माथि कारवाही हुनुपर्ने माग गरेका छन।
वडाको मुख्य सडकका रुपमा रहेको सो स्थानमा कालोपत्रे भएक छोटो समय नबित्दै त्यस्तो हुनुमा ठेकेदार र सो मा संलग्न हुनेहरु दोषी रहेको भन्दै उनले कालोपत्रे हुदा भएको खुसि लामो समय नटिकेको बताएका छन।
वडाको मुख्य सडक निर्माणमा नै यसरि देखिएको लापरवाही र क्षेतीले विकासको गुणस्तर र सरोकारवाला निकायको अनुगमन प्रभावकारी नभएको हो कि ? भन्ने चर्चा अहिले चुनिखेका चोक र गल्लिहरुमा चलिरहेको छ।
तपाइँको प्रतिक्रिया ।