गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले घर दैलो खोप सेवा शुरु गर्यो

गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले घर दैलो खोप सेवा शुरु गर्यो

कपन अनलाइन

काठमाडौँ, भाद्र २२। गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घरमा नै खोप सेवा उपलब्ध गराएको छ । केहि दिन अघि वडाले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका  ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूको बिवरण संकलन गरेको थियो, त्यसैको आधारमा घरमा नै पुगेर खोप लगाएको वडा सदस्य नन्दलाल श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

कार्यक्रममा  वडा नं ८ का वडाध्यक्ष मनोजकुमार ढुंगाना डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश कुमार दाहाल  नगरपालिकाका स्वास्थ्य  शाखाका कर्मचारी   लगायत स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ८ का  विभिन्न स्थानबाट सो अभियान शुरु गरेका हुन । खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका  ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई आ-आफ्नो वडामा नाम लेखाउन समेत वडा अध्यक्ष ढुंगानाले आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।