संसार घुम्न निस्कियो सौर्य ऊर्जाबाट उड्ने विमान

संसार घुम्न निस्कियो सौर्य ऊर्जाबाट उड्ने विमान

अबुधाबी । सौर्य ऊर्जाबाट चल्ने विमान सोलर इम्पल्स २ सोमबार अवुधाबीबाट संसारको उडानमा निस्केको छ।
सोलर इम्पल्स कम्पनीको यो एक सिटे विमानको पंखामा सोलर प्यानल जडान गरिएको छ। यसको वजन एउटा कारको जत्रो मात्र छ ।
यो कम्पनीका संस्थापक दुई पाइलट हुन् । जसले १२ चरणमा विमान उडाउने छन् । यस क्रममा उनीहरुले सौर्य ऊर्जाबाहेक अनय कुनै पनि इन्धन प्रयोग गर्ने छैनन् ।

solar_plane_impulse_2
उनीहरुको उद्देश्य पुरानो पर्यावरण दुषित गर्ने प्रविधिको स्थानमा नयाँ र सफा प्रविधि ल्याउनु रहेको छ। यसमा जडान गरिएको ब्याट्री सुर्यको किरणबाट चार्ज हुनेछ । त्यसकै सहयोगमा उनीहरुले राति उडान भर्न सक्ने छन् ।
यो उडान संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट सुरु भएर यही समापन हुनेछ । आफ्नो यात्रामा यो विमानले म्यान्मा, हवाई, चीन, न्युयोर्क हुँदै पुनः अबुधाबी फर्कनेछ । एजेन्सी

 

तपाइँको प्रतिक्रिया ।