४ दशक लामो कपनको शैक्षिक यात्राबाट बिदा लिए बाबुराम तिमिल्सिनाले

४ दशक लामो कपनको शैक्षिक यात्राबाट बिदा लिए बाबुराम तिमिल्सिनाले

11033173_890675750984205_613027968084424596_n

कपन अनलाइन\फाल्गुण २३, २०७१
२०३० सालतिर कपनमा शैक्षिक जीवनमा प्रवेश गरेका बाबुराम तिमिल्सिनाले यस क्षेत्रमा ४ दशक सेवा गरे । प्राथमिक शिक्षकको रुपमा सेवा शुरू गरेर उच्च मा.वि को प्रधानाध्यापकसम्म बन्ने क्रममा कपनकै सबैभन्दा पूरानो विद्यालय   ग्राम शिक्षा मन्दिरमा  तिमिल्सिनाले पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ ।  सरल व्यबहार, सौम्य व्यक्तित्व र सादा जीवनको उदाहरणसमेत बनेका तिमिल्सिना यही फाल्गुण महिनामा सेवानिवृत भएका छन् । उनी सेवानिवृत्त भएको अवसरमा ग्राम शिक्षा उ.मा.वि. परिवारसहित स्थानीयले एक विशेष कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गरे ।

विद्यालयको उन्नति र प्रगतिमै ४ दशक विताएका बाबुराम तिमिल्सिनाको पुर्याएको योगदानलाई चर्चा गर्ने क्रममा सम्मानपत्रसहित दोसल्ला  प्रदान गरी कपनको कतिपय क्षेत्र परिक्रमा गराइएको थियो ।   विदाईमा शिक्षक विद्यार्थी अभिभावक र विद्यालयका हितैसीहरुले एक  आयोजना गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम खड्का, विसुकुमार के.सी., रामप्रसाद अधिकारी लगायतका व्यक्तिले बाबुराम तिमिल्सिना र कपनको शैक्षिक क्षेत्रको बारेमा चर्चा गरेका थिए  । तस्वीरमा सो कार्यक्रमको केही   झलकहरु …..।(तस्वीरः विसुकुमार के.सी. फेसबुक)

16193_1049735841706989_3283252011755574273_n 11025714_1049726155041291_6028404439545752194_n 11043235_890676197650827_8034078933438804272_n

 

 

तपाइँको प्रतिक्रिया ।