पशुपति क्षेत्र बिकास कोषको सदस्य सचिवमा डा.मिलनकुमार थापा नियुक्त
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
पशुपति क्षेत्र बिकास कोषको सदस्य सचिवमा डा.मिलनकुमार थापा नियुक्त भएका छन् । डा.थापा अघिल्लो पटक कोषका कोषाध्यक्ष थिए ।
धार्मिक तथा सांस्कृतिक क्षेत्र सम्वन्धि पुस्तक लेखन र सम्पादन समेत गरेका डा.थापा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । शुक्रवार प्रधानमन्त्री स्तरको निर्णयबाट मनोनयन भएका डा.थापालाई पशुपति क्षेत्र बिकास कोषको सचिवालयमा स्वागत गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।