मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले नेकपा एकीकृत समाजवादी

मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले नेकपा एकीकृत समाजवादी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले नेकपा एकीकृत समाजवादी रोज्दै सनाखत गरेकी छन् । बुधवार  जिल्ला निर्वाचन कार्यालय पुगेर उनले सनाखत गरेकी हुन् ।

नेपाल संगै  चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बेलवहादुर महतले पनि एमाले परित्याग गरेर नेकपा एकिृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

यस अघि वागमती प्रदेश सांसद इन्द्रमाया गुरुङले मंगलबार हेटौडास्थित प्रदेश निर्वाचन कार्यालय पुगेर समाजवादी पार्टीमा सनाखत गरेकी थिइन् ।

भदौ २२ सम्म पार्टी रोज्न पाइने निर्वाचन आयोगको प्रावधान अनुसार नेताहरू एमालेबाट छुट्टिएर गठन भएको नयाँ पार्टीमा सनाखत गरेका हुन्।

तपाइँको प्रतिक्रिया ।