गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरुमा भौतिक रुपमा पठन पाठन शुरु

कपन अनलाइन
काठमाण्डौ ,भाद्र १५।

गोकर्णेश्वर नगरपालिकाका  सामुदायिक तथा संस्थागत विद्यालयहरू भौतिक रुपमा सञ्चालन भएका छन  ।

भाद्र  ११ गते सरोकारवालासँग गरेको छलफल र भदौ १३ गते बसेको बैठकको निर्णयबमोजिम आज (मंगलबार)बाट आफ्नो नगरपालिका क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू भौतिक रुपमै संचालन मा आएका हुन्  ।

नगरपालिकाले भदौ १३ गते सूचना प्रकाशित गरी विद्यालय खोल्न निर्देशन दिएपछी केही विद्यालयहरूले भने स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा ८‚ ९‚ १०‚ ११‚ १२ का विद्यार्थीलाई औपचारिक विद्यालयको पोशाकबिना भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् भने केहिले भने सिफ्ट मिलाएर साना कक्षाहरू पनि सञ्चालन गरेका छन् । फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।