बागमती प्रदेशका १२ जना सांसदहरुले गरे नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत

बागमती प्रदेशका १२ जना सांसदहरुले गरे नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १५।

बागमती  प्रदेशका १२ जना प्रदेस सभा सदस्यले  नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका  छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार  बागमती  प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा समावेस हुने सनाखत गरेका हुन् ।

आज सनाखत गर्नेमा प्रदेस सभा सदस्यहरु  राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल रहेका  छन् ।

तपाइँको प्रतिक्रिया ।