बागमतीमा मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यको सरकार पुरा अवधी रहन्छ : मुख्यसचेतक दीपक निरौला

बागमतीमा मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यको सरकार पुरा अवधी रहन्छ : मुख्यसचेतक दीपक निरौला
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १५।
नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले बागमतीमा मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यको सरकार पुरा समय रहने बताएका छन।
केहि दिन देखि बागमती प्रदेसमा मुख्यमन्त्री परिवर्तनको हल्ला चलिरहेको समयमा मुख्य सचेतक निरौलाले प्रदेशसभा सदस्यहरुले विभाजित दल रोज्न पाउने अन्तिम दिन २२ गतेपछि मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन ।

संविधानले दिएको सिमाभित्र रहेर २२ सदस्य  सम्मको मन्त्रिपरिषद बनाउन सकिने बताउदै निरौलाले अहिले नै कति मन्त्रलाय बनाउने भन्ने टुंगो नलागे पनि  त्यसकै सेरोफेरोमा हुन् सक्ने बताएका छन।

प्रदेशसभाका हाम्रा सांसदहरुलाई पार्टीमै राख्ने प्रयास भइरहेको बताउदै उनले  अरु साना दलसँग पनि सहमति गरेर चाँडै मुख्यमन्त्रीले विश्वासको मत लिएर  सरकार पूरै अवधि टिकाउने  बताएका छन।

नेकपा एमाले विभाजन भए संगै बागमती प्रदेसमा सांसदहरुको अवस्था फरक भएको बताउदै निरौलाले रास्ट्रिय सभाको निर्वाचनका समयमा ४३ जनाले नेकपा एमालेको चिन्हमा मतदान गरेको स्मरण गर्दै अहिले त्यो शंख्या थपिएको जानकारी दिएका छन।

हिजो रास्ट्रिय सभाको निर्वाचनका समयमा कलम चिन्हमा मतदान गर्ने मध्ये धेरै सांसद अहिले पार्टी विभाजनको विपक्षमा उभिएको तर्फ ध्यान दिन आग्रह गर्दै उनले अहिले करिव ६ जना सांसद सरकारको विपक्षमा जस्तो देखिए पनि सो अवस्था फेरिने विस्वास व्यक्त गरेका छन।

शाक्यलाई मुख्मन्त्री बनाउने सहमति राजेन्द्र पाण्डे, अरुण नेपाल, केशव पाण्डे र आफूसहितको कार्यदलले गरेको हुनाले पाण्डे पनि सहमतिबाट पछि हट्न नमिल्ने बताउदै निरौलाले प्रदेसका मन्त्रि कृष्ण खनालका वारेमा विभिन्न प्रचार भएता पनि उनले यहि सरकारमा बसेर निरन्तरता दिने धारणा राखेकोले सरकार सुरक्षित रहेकोले कुनै भर्म नपाल्न आग्रह गरेका छन।

राप्रपा,नेपाल मजदूर किसान पार्टी र विवेकशील साझा पार्टीसँग पनि सरकारलाई निरन्तरता दिनेबारेमा छलफल भइरहेको जानकारी दिदै निरौलाले पार्टी विभाजन पछी एकीकृत समाजवादी पार्टीले बाहिर दावी गरे जस्तो शंख्या नरहेको पनि प्रस्ट पारेका छन।

वागमती प्रदेशसभामा एमालेका ५६, माओवादीका २३, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका एक सांसद छन् ।

 

तपाइँको प्रतिक्रिया ।