दक्षिणकाली नगरपालिका वडा नं ६ मा ज्येष्ठ नागरिक व्यायामशाला संचालनमा

कपन अनलाइन

काठमाडौं, भाद्र १४ । ब्यायाम गरौं, स्वस्थ रहौं भन्ने मूल नाराको साथमा  दक्षिणकाली नगरपालिका वडा नं ६मा ज्येष्ठ नागरिक व्यायामशाला संचालनमा आएको छ। नगरपालिकाको  आर्थिक सहयोग तथा दक्षिणकाली महिला संजालको ब्यबस्थापनमा वडा नं ६ फर्पिंगमा निर्माण गरिएको उक्त ज्येष्ठ नागरिक खुल्ला  ब्यायामशाला को आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख   मोहन बस्नेत उप प्रमुख बसन्ती डंगोल तामांग , वडा अध्यक्ष  जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा  उद्घाटन गरिएको  गरिएको हो । ज्येष्ठ नागरिकहरुको  स्वास्थ्य लाइ  मध्यनजर गर्दै व्यायामशाला निर्माण गरिएको र अन्य वडामा पनि व्यायामशाला निर्माण गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो।

तपाइँको प्रतिक्रिया ।