Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240817423_1326540454460293_1341725573828597040_n-1-e1630223338345.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239635724_369089671597735_2882815118663694686_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

अत्तरखेल युवा समाज गोकर्णेश्वरलाइ सुरक्षा लुब्रिकेन्टको प्रायोजन

कपन अनलाइन

काठमाडौँ, भाद्र १३ । गोकर्णेश्वर नगरपालिकाको  अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टले प्रायोजन गर्ने भएको छ । अत्तरखेल युवा समाजले सी डिभिजन लिग क्वालिफायर खेल्ने छ । समाजका खेलाडीहरुले सुरक्षा लुब्रिकेन्टको लोगो युक्त जर्सी लगाएर फुटबल खेल्ने छन् । शनिबार  पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गराइएको हो ।

 

गत साउन १० देखि सातदोबाटोस्थित एन्फा परिसरमा शुरु भएको प्रतियोगिता आगामी असोज सम्म चल्ने छ । प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट ५ टिम सहभागी हुने नगरप्रमुख सन्तोष चालिसेले बताए । प्रतियोगितामा अत्तरखेल युवा क्लबबाट २३ जना खेलाडीको टिम सहभागी हुने अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले जानकारी गराएका छन ।

सुरक्षा लुब्रिकेन्टका म्यानेजिङ डाइरेक्टर जयराज भण्डारी र कार्यकारी निर्देशक फुर्वा लामा समेतको उपस्थितिमा भएको सो कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दीपक रिसाल, प्रमुख कोच नगेश रावत, सहकोच सुजन बस्नेत, फुटबल टिम क्याप्टेन दुर्गालाल श्रेष्ठ, समाजका अध्यक्ष सुमन लामा, सचिव दिनेश राई, फुटबल अध्यक्ष विनोद सुनुवार, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।पूर्वाञ्चल ल्युब आयलद्वारा नेपालमै उत्पादित सुरक्षा लुब्रिकेन्टले सबै रेन्जका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । विशेष गरी हेभी तथा कमर्सियल भेइकल र टु ह्विलर लुब्रिकेन्ट बजारमा सुरक्षा लुब्रिकेन्टको उपस्थिति बढ्दै गएको म्यानेजिङ डाइरेक्टर जयराज भण्डारीले  बताए।

तपाइँको प्रतिक्रिया ।