ओखलढुंगा जिल्लाका स्थानीय तहमा बेरुजुको चाङ्ग, कुन स्थानीय तहमा कति ?

ओखलढुंगा जिल्लाका स्थानीय तहमा बेरुजुको चाङ्ग, कुन स्थानीय तहमा कति ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ९।
ओखलढुंगा जिल्लाका स्थानीय तहमा बेरुजुको चाङ्ग लागेको छ।

महालेखा परीक्षकको ५८औँ प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ मा ओखलढुंगा जिल्लाका स्थानीय तहको बेरुजु १८ करोड ९४ लाख ३४ हजार रुपैयाँ देखाएको छ । जिल्लाका ८ वटै स्थानीय तहको उक्त बेरुजु देखिएको हो ।

तथ्यांक अनुसार चम्पादेवी गाउँपालिकाको बेरुजु ५ करोड ९७ लाख ९७ हजार, सुनकोसी गाउँपालिकाको बेरुजु ४ करोड ७२ लाख ५७ हजार रुपैयाँ, मोलुङ गाउँपालिकाको बेरुजु २ करोड ८७ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै सिद्धिचरण नगरपालिकाको १ करोड ६१ लाख ७४ हजार, चिशंखुगढी गाउँपालिकाको १ करोड ८७ लाख ८८ हजार, लिखु गाउँपालिककाको ९२ लाख ४९ हजार, मानेभञ्ज्याङ गाउँपालिकाको ६२ लाख ४६ हजार र खिजीदेम्बा गाउँपालिकाको ३२ लाख १ हजार रुपैयाँ देखिएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा जिल्लाका स्थानीय तहको बेरुजु १९ करोड ९८ लाख ५४ हजार रुपैयाँ देखिएको थियो ।

तपाइँको प्रतिक्रिया ।