गाईजात्राको अवसरमा लायन्स क्लब अफ काठमाडौं ईन्द्रायणी खुशिबु र ब्लड हुडद्वारा सामाग्री वितरण

गाईजात्राको अवसरमा लायन्स क्लब अफ काठमाडौं ईन्द्रायणी खुशिबु र ब्लड हुडद्वारा सामाग्री वितरण

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ८।

परापुर्व कालदेखि मानिदै आएको  गाईजात्रा,सापारु पर्वमा  लायन्स क्लब अफ काठमाडौं ईन्द्रायणी खुशिबु र लायन्स क्लब अफ काठमाडौं ब्लड हुड द्वारा का.म.पा.२५ टेगल स्थित नव निर्मित डबलीमा सचेतना कार्यक्रम सहित जात्रामा सहभागी लाई नि: शुल्क  खानेकुरा,पानी सहित २ हजार  मास्क बितरण गरेको छ ।

उक्त कार्यक्रममा लायन्स डिस्ट्रीक्ट बी १, को तर्फबाट बालकृष्ण बुर्लाकोटी, राजन लम्साल,महेन्द्र पौडेल, उमेश खतिवडा, सागर डङ्गोल, सुमित्रा रन्जितको साथै दुबै क्लबको अध्यक्षको उपस्थिथिति रहेको थियो।

‘मास्क अभियान’ नेपाल सरकारले सुरु गरेको देशब्यापी अभियानलाई सफल बनाउन   बिगतका वर्षहरुमा झैँ यस वर्ष पनि  खाजा,पानी साथै मास्क बितरणलाई निरन्तरता दिएको लायन्स क्लब अफ काठमाडौं ईन्द्रायणी खुशिबु का अध्यक्ष दिनेश महर्जनले बताएका छन।

त्यस्तै लायन्स क्लब अफ काठमाडौं ब्लड हुडका अध्यक्ष राजिबले  स्वास्थ मापदण्ड सहित  बिहानै देखि स्वयम् सेवकको रूपमा सक्रिय रहेको जानकारी दिएका छन ।

बिस्तारै युवाहरुमा चाडपर्व प्रति त्यति चासो नभएकोले हाम्रो रितिरिवाज,सस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न र भोलिको पुस्ता सम्म पुर्याउन र  आफ्नो अस्तित्व र पहिचानको लागि यस्ता चाडपर्व मनाईनुपर्नेमा  लायन्स क्लब अफ काठमाडौं ब्लड हुड का प्रबक्ता तथा पि आर ओ पदमकुमार श्रेष्ठले  जोड दिएका छन ।

तपाइँको प्रतिक्रिया ।