मन्त्री अम्बिर बाबु गुरुङको आव्हान : सिमित ब्यक्तिको कार्यकर्ता नबन्नुस ,मुलधारमा आउनुस

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ८।

प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले पार्टीको मुलधारमा सक्रिय बन्नका लागि  एमालेका सबै नेता कार्यकर्तालाई  आग्रह  गरेका छन् ।

पार्टीका वरिष्ठ नेता माधव नेपालको एमाले विभाजन र नयाँ पार्टी गठनको कामलाई केन्द्रमा उनकै पक्षका प्रभावशाली नेताले साथ नदिएको उदाहरण देखाउदै  मन्त्रि  गुरुङले जिल्लामा पनि पार्टी विभाजन गरेर सिमित व्यक्तिको कार्यकर्ता नहुन सबैलाई आग्रह गरेका थिए ।

जिल्लामा हाल सम्म एमाले एकढिक्का रहेको दावी गर्दै संस्थापन पक्षसँग असन्तुष्टि राखेर समानान्तर गतिविधि गर्ने समुहलाई पनि मुलधारमा फर्कन आव्हान  गरेका हुन ।

पार्टी जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै गुरुङले सुर्य चिन्ह र जबजको सिद्धान्त अनुसरण गरेर पार्टीमा लागेका नेता कार्यकर्ता टुट–फुटमा व्यक्तिको पछि नलागी मुलधारमा बसेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

नेता गुरुङले वर्तमान अवस्थामा एमालेलाई कमजोर बनाउन अन्य सबै शक्तिहरु लागिरहेकाले यसप्रति चनाखो बन्नुपर्ने बताए । उनले जिल्लामा हाल सम्म एमाले एकढिक्का रहेको दावी गर्दै संस्थापन पक्षसँग असन्तुष्टि राखेर समानान्तर गतिविधि गर्ने समुहलाई पनि मुलधारमा फर्कन आवहन गरेका छन् । ‘एमाले एकता आम कार्यकर्ता र सिंगो देशबासी जनताको चाहाना हो ।

बाहिर समानान्तर गतिविधि गरेर बस्ने साथीहरु अब सम्मानजनक हिसाबले पार्टीमा फर्कन  आग्रह गर्दै उनले  सुर्य, चिन्ह र जवजको सिद्धान्त त्यागेर नयाँ पार्टी गठनमा लागेको स्वार्थ समुहलाई एमालेका असली कार्यकर्ताले साथ नदिने विस्वास ब्यक्त गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।