ओखलढुंगामा नेकपा एमालेका दुई बैठक,एक समुहले कार्यदल बनायो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ८।

ओखलढुंगा जिल्लामा भाद्र ७ गते नेकपा एमालेको ब्यानरमा दुई वटा जिल्ला कमिटीका बैठक बसेका छन।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा ओखलढुंगा इन्चार्ज किसोर अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष केदारबाबु बस्नेतको नेतृत्वमा बसेको बैठक आज पनि जारी रहेको छ भने समानान्तर कमिटीका अध्यक्ष नेत्र भट्टराईको अध्यक्षतामा बसेको बैठकले समस्या समाधानका लागि सहजीकरण गर्ने भन्दै कार्यदल बनाएको छ।

नेता नेत्र भट्टराईको नेतृत्वमा भएको बैठकले कमिटीकाे सार्थक एकता गर्न र  कार्यकर्ता तथा  नेताहरुकाे भावना समेट्ने गरि सुझाव पेश गर्न भन्दै हर्कबाेल राई,ह‌ंशराज वाग्ले,मणिराज राई,मेख बहादुर खड्का र निर्मला श्रेष्ठ रहेको कार्यदल बनाएको छ।

त्यस्तै प्रदेस नं १ का भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ सहितको उपस्थितिमा उद्घाटन भएको नेकपा एमालेको जिल्ला कमिटी  बैठकको दोश्रो दिन आज ८ बजे देखि  शुरु भएको छ। यस बैठकमा स्थानीय तहमा संगठन विस्तार,विधान अधिवेसन र अभियान संचालन वारेमा छलफल हुनेछ।

नेकपा एमाले विभाजन भएको समयमा छताछुल्ल भएर देखिएको विवाद जिल्ला कमिटीका दुई बैठकमा पुग्दा नेता तथा कार्यकर्ताहरुमा भने  अहिले निरासा छाएको छ।

सत्तारुढ नेपाली कांग्रेस ओखलढुंगामा पनि अधिवेसन नजिकिदै गर्दा घात प्रतिघात,गुनासा, रोष र प्रतिस्पर्धाको  मौसम चलिरहेको समयमा नेकपा एमालेका बैठकले राजनीतिक माहोल झन् तताएको चर्चा जिल्लामा चलेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।