Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239629070_269857997973953_5726329302646119102_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मध्यपुर ठिमीमा रहेकाे दिव्यश्वरी गेष्ट हाउस एण्ड रेष्टुरेटमा प्रेसर कुकर बम फेला

कपन अनलाइन 

भक्तपुर भाद्र ६।   भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिकामा रहेकाे एक गेष्टहाउसमा प्रेसर कुकर बम फेला परेकाे छ ।तार जाेडिएकाे अबस्थामा पेसर कुकर बम फेला परेपछि प्रहरी घटना स्थलमा पुगेर नेपाली सेनालाई खवर गरेकाे हाे ।प्रहरीका स्राेतका अनुसार दिव्यश्वरी गेष्ट हाउस एण्ड रेष्टुरेटबाट बम पेला परेकाे छ ।मध्यपुर ठिमी नगरपालिका ३ मा बलराम भासिमाकाे घरमा शिवशरण भुजुले सञ्चालन गरेकाे गेस्ट हाउसमा शंकास्पद बस्तु देखेपछि सञ्चालकले ६ वजे  प्रहरीलाई खवर गरेका थिए ।

खवर पाउन साथ प्रहरीले घटना स्थल कडन गरेर नियन्त्रणमा लिएकाे थियाे । गेष्ट हाउसकाे पहिलाे तलबाट सुरक्षित तवरले प्रेसकुकर बम निकालि नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले १० बजे र १८ मिनेट जादा डिस्पोज गरेकाे छ । बम कसैले राख्याे र किन राख्याे भने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे र मुजुल्का उठाउने काम भईरहेकाे छ ।

फोटो : सी न्युज

तपाइँको प्रतिक्रिया ।