Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239967621_139177231704264_5820727407418750707_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239976436_539841994023847_7042069268991788475_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239200475_1509357936065709_2381237018981458309_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिनको फजुल खर्च कटाएर सामाजिक संघ सस्थालाई सहयोग गरे

कपन अनलाइन

काठमाडौं, भाद्र ६।  कतिपयले आफ्नो जन्म दिनमा ठुलो पार्टी आयोजना गरेर मनाउने गर्छन तर समाजमा केहि यस्ता पात्रहरु पनि छन, जसले जन्म दिनको खर्च सामाजिक कार्यमा  खर्चिन्छन  लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक 325 A1 को चिफ एरिया कोअर्डिनेटर लायन दिपेन्द्र सिंखडाले आफ्नो जन्म दिन बालबालिकाहरु संग मनाएका छन। उनले आफ्नो जन्म दिनको अवसरमा फजुल खर्च नगरी  गोकर्णेश्वर नगरपालिका वडा नं ९मा संचालित सुनौलो  पाइलामा आश्रित अभिभावकबिहिन बालबालिकाहरु संग आफ्नो जन्मदिन मनाएका हुन्।  उनले उक्त आश्रममा खाद्यान्न र नगद समेत सहयोग  गरेका छन ।

लायन्स क्लब अफ काठमाडौं धापाखेलको आयोजनामा हंगर रिलिफ कार्यक्रम अन्तर्गत उनले  आफ्नो जन्मदिन उक्त संस्थामा रहेका बालबालिका संग  मनाएका हुन्  आफ्नो जन्म दिन बालबालिकाहरु संग मनाउन पाउदा आत्म सन्तुष्टि मिलेको बताउदै लायन दिपेन्द्र सिंखडाले  जन्म दिनमा हुने फजुल खर्चलाइ आफुले सानो भए पनि सामजिक क्षेत्रमा सहयोग गर्नु पर्छ भन्ने उदेश्यले केहि बर्ष यता जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको  सिंखडाले बताए।  मुख्य त जन्म दिनमा फजुल खर्चलाइ सही ठाउमा व्यवस्थापन गर्नु पर्छ भन्ने मान्यता आफुमा रहेको बताए।सबैले आफ्नो जन्मदिन लगायत अन्य विभिन्न उत्सब हरुमा कुनै एक दिन भएपनी अनाबश्यक खर्च गरेर पाटीको आयोजना गरि जन्मदिन अथवा उत्सब मनाउनु भन्दा समाजमा फरक काम गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप सक्दो सेवा र सहयोग गर्न सक्ने हो भने मानवीय कर्तब्य पुरा हुने  पनि उनि बताउछन ।

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले जन्म दिनको शुभकामना दिँदै जसले समाजमा केही दिन्छ त्यही व्यक्तिले  नै जीवनमा सफलता प्राप्त गर्न सक्ने बताएका थिए ।  कार्यक्रममा फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ लगायत लायन्स लिडर तथा सदस्यहरुले शुभकामना ब्यक्त गरेका  थिए ।

 संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज)ले सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै संस्थाले गर्दै आएको गतिविधि बारेमा चर्चा गरेकी थिइन  । भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण, शिक्षा  र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १४ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ।राष्ट्रिय युवा संघका केन्द्रिय निर्वाचन बिभागका सचिब समेत रहेका सिम्खडाले सोहि दिन आफ्नो  जन्म दिनको अवसर पारेर  नेपाल खेलकुद महासंघको कार्यालयलाइ  एक थान डेस्कटप   सेट र प्रिन्टरप्रदान गरेका छन   भने मनाङको बाढी पहिरो पिडितलाई रु १० हजार समेत सहयोग गरेका छन। त्यसैगरि आज उनको बुवाको  पुण्य  तिथि  भएको हुँदा सोहि  संस्थामा रहेका बालबालिकाहरुलाई खाना खुवाउने समेत जानकारी गराएका  थिए  ।

तपाइँको प्रतिक्रिया ।