शंखरापुर नगरपालिका १ का १५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा  प्रवेश गरे

शंखरापुर नगरपालिका १ का १५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा  प्रवेश गरे

कपन अनलाइन

काठमाडौं भाद्र ४।  शंखरापुर वडा नं. १ पञ्चपालेबाट नेकपा एमाले परित्याग गरि शंकर आचार्य सहित १५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा  प्रवेश गरेका छन ।पार्टी प्रवेश कार्यक्रममा राप्रपा नाङ्लेभारेका चन्द्र बहादुर बस्ताकोटी, सन्त बहादुर बस्ताकोटी , काठमाडौ क्षेत्र नं २ क्षेत्रीय अध्यक्ष राजु बिष्ट, शंखरापुर वडा नं ६ र ७ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, बिष्णु प्रसाद श्रेष्ठ, राप्रपा शंखरापुर नगर कमिटी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र युवा नेता दोर्जे तामाङ लगाएको  उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश गर्नेहरुलाई टिका एवं खादा लगाएर स्वागत गरिएको थियो ।राप्रपा शंखरापुरले नजिकिँदो महाधिवेशन र यसै वर्षको अन्त्यतिर हुन लागेको स्थानीय तहको चुनावलाई ध्यानमा राखेर पार्टी प्रवेशका कार्यक्रम अगाडि बढाईरहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।