पार्टी भित्रै बसेर संघर्ष गरिन्छ तर नेकपा एमाले छोडिदैन : ओखलढुंगा एमाले नेता कुमार घिमिरे

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ४।

नेकपा एमाले ओखलढुंगाका नेता कुमार घिमिरेले पार्टी भित्रै बसेर संघर्ष गर्ने  तर नेकपा एमाले नछोड्ने बताएका छन। नेकपा एमाले भित्र संघर्ष चल्दा नेकपा एमाले ओखलढुंगा -काठमाण्डौ सम्पर्क मंचको समानान्तर कमिटीको अध्यक्ष रहेका घिमिरेले अहिलेको विभाजन कुनै शैदान्तिक र राजनीतिक मुद्दामा नभएकोले त्यसलाई समर्थन गर्न नसकिने बताएका हुन।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ८ का स्थायी बासिन्दा रहेका घिमिरेले अहिले पार्टी विभाजन गर्नु निकै गलत बाटो रहेको भन्दै नेकपा एमालेमा देखिएको गलत प्रवृती विरुद्ध अन्तर पार्टी संघर्ष नै उत्तम रहेको बताउदै सुर्य चिन्ह र पार्टी नछोड्ने धारणा राखेका हुन।

ओखलढुंगा काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष ,प्रदेस सम्पर्क कमिटीको सदस्य हुदै कोषाध्यक्षको रुपमा समेत योगदान दिएका जिल्लाका पुराना नेता घिमिरेको पछिल्लो अडान संगै जिल्लाको राजनीतिमा निकै ठुलो तरंग पैदा भएको छ।

ओखलढुंगा जिल्लामा पार्टी विभाजन विरुद्ध अधिकांश नेता तथा कार्यकर्ताहरु उभिएको अवस्थामा आएको उनको अभिब्यक्तिलाई निकै अर्थपूर्ण र सकारात्मक रुपमा लिनुपर्ने एक नेताले बताएका छन।

पार्टीको लागि भौतिक आक्रमण , कारवाही र विभिन्न दुख कस्ट सहेका घिमिरे सहितका नेताहरु नेकपा एमालेको पक्षमा उभिनु जिल्लाको बामपन्थी राजनीतिका लागि निकै शुभ सन्देस रहेको भन्दै उनले अन्य नेताहरु पनि एमालेमै रहने विस्वास ब्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।