Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239561404_4955412861141381_671393236938205000_n-e1629368890984.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी ३ का कृषकहरुलाई हाते ट्रयाक्टर र टनेलको लागि प्लास्टिक प्रदान

कपन अनलाइन

काठमाडौँ, भाद्र ३। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ ले कृषकहरुलाई आज एक कार्यक्रमका बीच  हाते ट्रयाक्टर र टनेलको लागि प्लास्टिक वितरण गरिएको छ  । कागेश्वोरी मनोहरा नगरपालिका वडा नं. ३ भद्रवासमा कृषिलाई कर्मथलो बनाई काम गर्ने कृषक समूहहरु मध्ये तीन वटा समुहलाई एक / एक वटा गरि तीन वटा हाते ट्याक्टर र २४ जनालाई टनेलको लागि प्लास्टिक नगर प्रमुख कृष्णहरि थापाको उपस्थितिमा वितरण गरिएको हो ।परम्परागत तबरले कृषि प्रणाली अवलम्वन गर्दा उत्पादनभन्दा लागत धेरै लाग्ने र झण्झटिलो पनि हुने भएकाले कृषकहरुलाई आधुनिक प्रविधि तथा यान्त्रिकीकरणको प्रयोगमा जोड दिनका लागि हाते ट्रयाक्टर वितरण गरिएको  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनीले जानकारी गराएका थिए   ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि थापाले व्यावसायिक तरिकाले तरकारी खेती गरि आत्मनिर्भर रहन सकिन्छ  भन्दै नगरपालिकाले मिहिनेती  कृषकलाई  सधैं साथ दिने  बताएका थिए । कृषकहरुलाई कृषि क्षेत्रमा सहजता होस र कृषि उत्पादनको क्षेत्रमा अब्बल बनाउँदै लैजान र कृषि क्षेत्रमा प्रोत्साहित गर्न उक्त सामग्रीहरु  प्रदान गरिएको बताएका थिए । जुन उद्देश्यले सामग्री सहयोग गरिएको छ सोहि अनुरुप सही ठाउँमा प्रयोग गरि आयस्तर बढाएर कृषिबाटै आत्मनिर्भर बन्न कृषकलाई अनुरोध गरेका थिए   ।कार्यक्रममा वडा सदस्य सुन कुमार नगरकोटी, कविता बिष्ट लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन भगवती दुलालले गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।